Logo

सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य सोमबार घट्दै प्रतितोला ८९ हजार रुपैयाँ पुगेको हो ।

आज बजारमा छापावाल सुन प्रतितोला ८९ हजार छ भने तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५० रहेको छ ।

यस्तै आज बजारमा चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । आईतबार प्रतितोला १ हना। २ सय ४० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य सोमबार घट्दा प्रतितोला १ हजार २ सय १५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्