Logo

एकैदिन १५ सयले घट्यो सुनको मुल्य, चाँदीको मूल्यमा पनि गिरावट

एकैदिन १५ सयले घट्यो सुनको मुल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य प्रतितोला १ हजार ५ सयले घट्दा आईतबार मुल्य प्रतितोला ९० हजारमा पुगेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार २ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज घटेर प्रतितोला प्रतितोला १ हजार २ सय ४० रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL