Logo

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार ५ सयले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम गरिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १ हजार २ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज घटेर प्रतितोला १ हजार २ सय ६५ कायम गरिएको महासंघले जानकार दिएको छ ।

प्रतिक्रिया दिनुहोस्