Logo

साताको पहिलो दिन नेप्सेमा सामान्य वृद्धि, जलविद्युतको सेयरमा लगानीकर्ताको आकर्षण

साताको पहिलो दिन नेप्सेमा सामान्य वृद्धि, जलविद्युतको सेयरमा लगानीकर्ताको आकर्षण



काठमाडौं । आईतबार नेप्से परिसुचक सामान्य अंकले बढेर वृद्धि भएको छ । बजारमा दिनभर उताचढाव आएपनि अन्तमा नेप्से परिसुचक १.२६ अंकले बढेर बन्द हुन पुगेको छ ।

आईतबार बजारमा जलविद्युत, होटल तथा पर्यटन र लघुवित्त कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । जसमा जलविद्युत समुहको परिसुचक सबैभन्दा बढि ८० अंकले बढ्न पुग्यो भने होटल तथा पर्यटन ७० र लघुवित्त समुहको परिसुचक ६५ अंकले उकालो लागेको छ ।

आईतबार बजारमा जलविद्युत कम्पनीको सेयरमा माग र आपूर्ति उच्च देखिएको थियो । लगानीकर्ताहरुको उच्च मागका बाबजुद पनि विभिन्न ५ ओटा जलविद्युत कम्पनीको सेयर खरिद गर्न पाएका थिएनन् । विशेषगरी सिनर्जी पावर, कालिका पावर, घलेम्दी हाईड्रो, युनिभर्सल पावर र ग्रीन लाईफको सेयरमा उच्च माग हुँदाहुँदै पनि १० प्रतिशत बढेर सर्किट लाग्न पुगेको थियो ।

आईतबार बजारमा बैंकिङ समुहको परिसुचकमा भने गिरावट आएको थियो । बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको सो समुहको परिसुचकमा गिरावट आउँदा नेप्से उच्च अंकले बढ्न सकेन । यसैगरी बजारमा जीवन बीमा समुहको परिसुचक २०९ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा पनि १७२ अंकको गिरावट आएको थियो ।

दिनभर बजारमा १२ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो । जसमा २२६ कम्पनीको ३ करोड ३ लाख कित्ता सेयर खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL