Logo

बैंकिङ क्षेत्रले बढायो नेप्से, परिसुचक ५४ अंकले बढ्दा १४ अर्ब पुग्यो कारोबार रकम

बैंकिङ क्षेत्रले बढायो नेप्से, परिसुचक ५४ अंकले बढ्दा १४ अर्ब पुग्यो कारोबार रकम



काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५४ अंकले उकालो लागेको छ । आज बजार ५४ दशमलव ३१ अंकले उकालो लागेसँगै नेप्से परिसूचक साढे ३ हजार ५८ अंकमा पुगेर रोकिएको छ । आज सेयर बजारमा १४ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच नेप्सेले जानकारी दिएको छ । यस्तै, आज २ सय २३ कम्पनीका ४ करोड ४१ लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।

सेयर बजार उत्साहजनक रुपले बढेको दिन आज होटल तथा टुरीजम र म्युचुअल फण्ड समुहमा भने गिरावट आएको छ । यसबाहेकका अन्य ११ समूहमा भने उत्साहजनक वृद्धि भएको नेप्सेले जानकारी दिएको छ । आज सबैभन्दा बढी लघुवित्त समूहमा ८६ अंकको र बैंकिङ समूहमा ७२ अंकको वृद्धि भएको छ ।

आज सेयर बजारमा उत्साहजनक वृद्धि हुँदा ९ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बिशाल बजार, नाग्दी ग्रुप, सर्पोट माइक्रोफाइनान्स, राधि विद्युत, पञ्चकन्या माई, कालिका पावर कम्पनी, जोशी हाइड्रो, युनिभर्सल पावर र हिमालयन उर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै बजारमा सबैभन्दा धेरै टर्नओभर भने बैंकहरुको भएको देखिन्छ । आईतबार नेपाल बैंकको सबैभन्दा बढी ४९ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ग्लोबल आईएमई बैंकको सेयर कारोबार ४९ लाख ४४ हजार रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL