Logo

सार्वजनिक सवारीसाधनको नविकरण साउन मसान्तसम्म गरे हुने

सार्वजनिक सवारीसाधनको नविकरण साउन मसान्तसम्म गरे हुने



काठमाडौं । सरकारले सार्वजनिक यातायातको नविकरण गर्ने अवधि १ महिना थप गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक सवारीसाधनको जाँचपास, सवारीसाधनको प्रदुषण जाँचपास र रुट ईजाजत नविकरणको म्याद साउन मसान्तसम्म थप गरेको हो ।

यातायात व्यवसायीरुले निषेधाज्ञामा सबैभन्दा बढी पिडीत आफुहरु भएको भन्दै सरकारसमक्ष असन्तुष्टी जनाउँदै आएका थिए । यसअघि सरकारले निषेधाज्ञाको अवधिभित्रै सार्वजनिक यातायातका साधनको नविकरण गरिसक्नुपर्ने आदेश दिएको थियो । गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञा अझै जारी भएपनि प्राय सेवाहरु भने सुचारु भईसकेका छन् ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्