Logo

नेप्सेमा १३ अंकको वृद्धि, कारोबार रकम पौने १२ अर्व नजिक

नेप्सेमा १३ अंकको वृद्धि, कारोबार रकम पौने १२ अर्व नजिक



काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक १३ अंकले उकालो लागेको छ । पहिलो दिन आईतबार करिव १ सय अंकले उकालो लागेको नेप्से परिसुचक सोमबार पनि १३ दशमलव ९७ अंकले उकालो लागेको हो । यस्तै ‘क वर्गका कम्पनीहरुको मापक परिसुचक सेन्सेटिभ ईन्डेक्स भने आज सामान्य अंकले घट्न पुगेको छ ।

नेप्सेका अनुसार आज बजारमा २ सय १९ कम्पनीका ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता सेयर किनबेच भएका थिए । जसमार्फत कारोबार रकम पनि ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रुपैयाँ बढी पुगेको छ । आज बजारमा १३ उपसमुहहरुमध्ये ८ उपसमुहहरु उकालो लाग्दा ५ उपसमुहको परिसुचकमा गिरावट आएको छ ।

गिरावट आउने उपसमुहमा होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत, वित्त र लघुवित्त रहेका छन् । यस्तै उकालो लाग्ने उपसमुहको शिर्ष स्थानमा भने व्यापार उपसमुह रहेको छ । आज व्यापार उपसमुहको परिसुचक १९६ अंकले उकालो लाग्दा निर्जिवन बीमा समुहको परिसुचक भने १०१ अंकले उकालो लागेको छ । यस्तै जिवन बीमा समुहको परिसुचकमा आज ५३ अंकको वृद्धि देखिएको छ । आज बजारमा कारोबार भएकामध्ये ९४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ८४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्