Logo

सुन प्रतितोला ७ सयले घट्यो, चाँदीमा ५ रुपैयाँ कम

सुन प्रतितोला ७ सयले घट्यो, चाँदीमा ५ रुपैयाँ कम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य ओरालो लागेको छ ।

शुक्रबार सुनको मुल्य एकैपटक प्रतितोला ७ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन शुक्रबार घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, लामो समयपछि चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै ६ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL