काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । गत असार २७ गते बसेको मन्त्रीपरषद बैठकले गरेको निर्णयअनुसार अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको हो ।
पछिल्लो समय पेट्रोलियम पदार्थ, श्रमिकको ज्याला, संचालन खर्चलगायत बढेको भन्दै यातायात व्यवसायीहरुले बैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग राख्दै आएका थिए ।
सोही अनुसार यातायात व्यवस्था विभागले एक अध्ययन समिति बनाई यसका बिषयमा अध्ययन प्रतिवेदनमा २० देखि २८ प्रतिशतले भाडादर बढेको बताएको थियो । सोही अुनसार शुक्रबार विभागले विभिन्न रुटमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको हो ।