काठमाडौं । नेपाल धितोपत्र बार्डका पूर्व अध्यक्ष डा. रेवतबहादूर कार्कीले अहिलेको सेयर बजारको वृद्धि फण्डामेन्टल्ली ठिक नभएको बताएका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुको वृद्धि र त्यस्ता कम्पनीहरुको परिसुचक अनुरुप बजारको वृद्धि उचित नभएको उनको भनाई थियो ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजार विकास तथा सुधार सम्बन्धी नीतिगत तथा छलफल कार्यक्रममा बोल्दै कार्कीले पछिल्लो समय नेटवर्थ नकारात्मक भएका कम्पनी तथा २० औं बर्षदेखि लगानीकर्तालाई प्रतिफल समेत तिवरण गर्न नसकेका कम्पनीलाई इगिंत गर्दै बजारमा सेयर मूल्य मात्रै उच्च वृद्धि हुँदा त्यसलाई फण्डामेन्टल्ली सपोर्ट नगर्ने उनको भनाई थियो । बजार फण्डामेन्टल्ली नचल्दा लगानीकर्ताहरु फस्ने सम्बभावना उच्च रहेको समेत उनको भनाई थियो ।
साथै पछिल्लो समय नेपालको सेयर बजार हल्लाको भरमा बढि चल्ने गरेको उनको भनाई थियो । लगानीकर्ताले सूचीकृत कम्पनीको वास्तविक अवस्था अध्ययन नै नगरी बजारमा आएको हल्लाको पछि लागेर लगानी गर्ने क्रम बढेको उनको आरोप थियो ।

बोर्डले बजार र लगानीकर्ताको हितमा काम गर्नुपर्ने भन्दै सोही अनुरुप नियमन प्रक्रियालाई थप सशक्त बनाउनु पर्ने बताए । आवश्यक नीति नियम नहुँदा बोर्डको अनुगमन तथा गलत काम गर्नेलाई कारबाही गर्ने अधिकार नभएको भन्दै सो सम्बन्धी नीति नियम यथासक्दो छिटो ल्याउनुपर्ने बताए । साथै उनले बोर्डलाई प्राधिकरणको मोडलमा लैजानु पर्ने बताए ।
कार्यक्रममा प्राध्यापक राधेश्याम प्रधानले अहिले पनि नेपालको पूँजी बजारमा इन्साईडर ट्रेडिङ भैरहेको भन्दै त्यसलाई न्यूनिकरण गर्न बोर्डले ध्यान दिनुपर्ने बताए । साथै नेपालको पूँजी बजार विकास र दायरा विस्तार गर्न सो सम्बन्धी अध्ययन अनुसन्धान गर्नुपर्ने बताए ।