Logo

नेप्से ५ अंकले घट्यो, बीमा समुहले बढायो कारोवार

नेप्से ५ अंकले घट्यो, बीमा समुहले बढायो कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक ४ दशमलव ८३ अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक अन्तमा ओरालो लाग्दै १ हजार १ सय १६ अंकमा झरेर अडिएको छ ।

बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक ओरालो लागेको छ । सो समुहको परिसुचक ९५ दशमलव ७४ अंकले घटेको छ । यसैगरी, बीमा समुह ४८ दशमलव ९८ अंकले घटेको छ भने बजारमा प्रभाव पार्ने बैंकिङ समुह ५ दशमलव ३५ अंकले घटेको छ ।

बजारमा विकास बैंक, जलविद्युत र फाइनान्स भने समान्य रुपमा उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL