Logo

सुविसुले ल्यायो १५औं एनभर्सरी अफर, इन्टरनेट र टिभीमा आकर्षक उपहार

सुविसुले ल्यायो १५औं एनभर्सरी अफर, इन्टरनेट र टिभीमा आकर्षक उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सविसु केवलनेट प्रालिले १५ औं बार्षिकोत्सवको अवसर पारी ‘सुविसु १५औं एनिभर्सरी अफर’ ल्याएको छ । योजना अन्तगर्त कम्पनीले रिटेल ग्राहकका लागि इन्टरनेट र क्यिर टिभी सेवामा आकर्षक ५ प्याकेज प्रस्तुत गरेको छ ।

प्याकेजहरु बेग्ला बेग्लै सेवा (इन्टरनेट, क्लियर टिभी) तथा दुबै सेवा (इन्टरनेट र क्लियर टिभी) समावेश गरि तयार पारिएको बताइएको छ ।
सो अनुसारका प्याकेज ४ हजार ९ सय ९९ रुपैयाँ देखि १२ हजार ९ सय ९९ रुपैयाँ सम्म प्राप्त गर्न सक्नेछन्।

प्याकेजहरु क्रमश ४९९९ क्लियर टिभी योजना, ९९९९ इन्टरनेट अफर, ९९९९ क्लियर टिभी तथा इन्टरनेट कम्बो अफरलगायत छन् ।

यी प्याकेजहरु बिभिन्न ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको छ बताइएको छ । यसलाई ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्ने कम्पनीको भनाइ छ।

यस योजना सिमित अवधिका लागि लागू गरिएको छ भने योजनामा सर्तहरु लागू हुने पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL