Logo

दरवारमार्गमा मल्टिव्राण्ड मोवाइल शोरुम सञ्चालन गरिदै, ल्यापटप र एसेसोरिज पनि पाइने

दरवारमार्गमा मल्टिव्राण्ड मोवाइल शोरुम सञ्चालन गरिदै, ल्यापटप र एसेसोरिज पनि पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिभी मोबाइल प्रालिले दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा मल्टि ब्राण्ड मोवाइल शोरुम सञ्चालनमा ल्याउने भएको छ । एप्पल वल्र्ड मोबाइल प्रालिको नामबाट मल्टि ब्राण्ड मोबाइल सो रुम संचालनमा ल्याउन लागेको हो ।

भोलीबाट संचालनमा ल्याउन लागेको मल्टिब्राण्ड सोरुम १ हजार स्क्वायर फुट क्षेत्रफलमा फैलिएको बताइएको छ । सो शोरुममा सामसुङ, हुवावे, सोनी, एचटिसि, ब्लाकबेरी, पानासोनिक, एलजी, माइक्रोम्याक्स, जियोनीलगायत व्राण्डहरु उपलब्ध गराइने बताइएको छ । एप्पल वल्र्डको सोरुममा ९ सय ९९ रुपैयाँदेखि ९ लाख रुपैयाँ सम्म मुल्यपर्ने मोबाइल हेर्न पाइने प्रबन्धक संगम राइले जानकारी दिए ।

त्यस्तै विभिन्न कम्पनीहरुबाट उत्पादित मोबाइलका बारे जानकारी दिन अलग अलग टेबलबाट सुबिधा प्रदान गर्न सकिने, मोबाइलका बारे जानकारी दिन सम्बन्धित मोबाइलबारे जानकारी भएका सेल्स गल्र्स तथा सेल्स मेनेजर रहने ब्यबस्था मिलाइएको छ ।

सिटिभी मोबाइल समूहले अनलाइन मार्फत मोबाइलको कारोबार गर्ने तथा होम डेलिभरीको समेत ब्यबस्था एप्पल वल्र्ड मोबाइल प्रालिका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
ताम्राकार कम्प्लेक्सको पसल नं १२, १३ र ३३, सिटिसी मलको चौथो तल्लामा द वल्र्ड भिजन तथा चाबहिलस्थित केएल टावरमा सिटिभी लिंक इलोक्ट्रोनिक्समार्फत मोबाइलको कारोबार गरिरहेको सिटिभी मोबाइलले दरबारमार्गमा खोलेको यो आउटलेट छैठौं हो ।

मोाबाइलको मल्टिब्राण्ड सोरुम मध्येकै राम्रो दाबी गरिएको यो सोरुमबाट एशोसरिज र ल्यापटपको पनि कारोबार गरिने छ ।

ब्यबस्थित पार्किङको सुबिधा, फ्रि वाइफाइको ब्यबस्था सहित खोलिएको यो एप्पल वल्र्ड प्रालिले २२ जना स्टाफमार्फत बिभिन्न कम्पनीबाट उत्पादित मोबाइलको बारे जानकारी दिदै सेवा तथा सुबिधा प्रदान गरिन लागेको जनाएको छ ।
एप्पल वल्र्डले ओपनिङ अफर अन्तर्गत ३५ प्रतिशत सम्म छुटको ब्यबस्था गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL