Logo

सामान्य घट्यो नेप्से, ३४ करोडको कारोवार

सामान्य घट्यो नेप्से, ३४ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतवार नेप्से परिसुचक ० दशमलव ७८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय १८ अंकमा झरेर बन्द भएको छ ।

आइतवार कारोवारमा आएकामध्ये जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ७ दशमलव ५६ अंकले ओरालो लागेको छ । त्यस्तै वैंक समुहको ५ दशमलव ५९, उत्पादन ३ दशमलव ३४ र फाइनान्स समुहको परिसुचक २ दशमलव १७ अंकले घटेको छ ।

यता बीमा, होटल, विकास बैंक तथा अन्य समुहको परिसुचक भने उकालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ४५ दशमलव ९१ अंकले उकालो लागेका छ । त्यस्तै होटल १५ दशमलव ४३, विकास बैंक ६ दशमलव १५ र अन्य समुहको परिसुचक ५ दशमलव ८७ अंकले बढेको छ ।

सो दिन कारोवारमा आएका १ सय २९ कम्पनीको ७ लाख ६४ हजार कित्ता सेयरबाट ३४ करोड १० लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL