Logo

सातामा ४५ अंकले बढ्यो नेप्से, पौने २ अर्बको कारोवार

सातामा ४५ अंकले बढ्यो नेप्से, पौने २ अर्बको कारोवार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । यो साता नेप्से परिसुचक उच्च रुपमा उकालो लागेको छ । साताको पहिलो दिनमै २९ अंकले बढेको नेप्से परिसुचक साताभरमा ४५ दशमलव ५१ अंकले बढेको छ ।

साताको शुरुमा १ हजार ७२ दशमलव ७४ अंकबाट बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १ हजार १ सय १९ दशमलव ३५ अंकमा पुगेर अडिएको छ । १ महिनासम्म १ हजार १ सयभन्दा तल रहेको नेप्से परिसुचक यो हप्ता सो भन्दा माथी पुगेको हो ।

यो हप्ता २ दिन समान्य रुपमा नेप्से परिसुचक ओरालो लाग्यो । साताको तेस्रो दिन जिरो दशमलव ७१ अंकले घटेको नेप्से परिसुचक अन्तिम दिन ३ दशमलव ४४ अंकले ओरालो लागेको छ । अन्य दिनमा नेप्से परिसुचक बढेको छ । साताको दोस्रो दिन ५ अंकले बढेको नेप्से चौथो दिन साढे १५ अंकले उकालो लागेको थियो ।

यो साता कारोवार रकममा पनि बृद्धि भएको छ । साताभर कुल १ अर्ब ८६ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL