Logo

रिलायन्स लोटस फाइनान्सको साधारण सेयर जारी, देशभरबाट भर्न सकिने

रिलायन्स लोटस फाइनान्सको साधारण सेयर जारी, देशभरबाट भर्न सकिने


बिजखबर संवाददाता
27
Shares

रिलायन्स लोटस फाइनान्सले साधारण सेयर जारी गरेको छ । कम्नपीले प्रति कित्ता १ सय रुपैयाँका दरले ५ लाख १४  हजार २ सय ८६ कित्ता सेयरको नयाँ निष्काशन (फरदर पब्लिक इस्यु) जारी गरेको हो ।

कम्पनीले पुस ५ गतेदेखि सेयर निष्काशन खुला गर्ने भएको छ । छिटोमा ८ र ढिलोमा १९ गते सेयर निष्काशन बन्द गरिने भएको छ । न्युनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले देशभरबाटै सेयर भर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले प्रत्येक विकास क्षेत्रमा कम्तीमा एउटा दरखास्त फारम तथा विवरणपत्र वितरण र संकलन रहने व्यवस्था गरेको छ । देशका विभिन्न ११ स्थानबाट सेयर भर्न सकिने कम्पनीले जानकारी दिदएको छ ।

reliance-lotus-finance

प्रतिक्रिया दिनुहोस्
MBL