Logo

साताको अन्तिम दिन साढे ३ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट

साताको अन्तिम दिन साढे ३ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक अन्तमा ३ दशमलव ४४ अंकले घटेको छ । विहीबार नेप्से परिसुचक १ हजार १ सय १९ दशमलव ३५ अंकमा झेरर अडिएको छ ।

विहीबार बैंक, जलविद्युत तथा अन्य समुहको परिसुचक ओरालो लागेको छ । नेप्सेमा प्रभाव पार्ने बैंकिङ समुह ५ दशमलव १२ अंकले बटेपछि समग्र नेप्से परिसुचक ओरालो लागेको हो । त्यसैगरी, जलविद्युत समुह ७ दशमलव ८३ अंकले घटेको छ भने अन्य समुहको परिसुचक १७ अंकले ओरालो लागेको छ ।

बजारमा बीमा, फाइनान्स, होटल विकास बैंक समुह भने उकालो लागेको छ । जसमध्ये बीमा १९ अंकले बढेको छ भने फाइनान्स समुह ११ अंकले बढेको छ ।

बिहीवार कारोवार रकममा पनि गिरावट आएको छ । बुधवार ४२ करोड रुपैयाँको कारोवार भएकोमा आज साढे ३८ करोड रुपैयाँको मात्र कारोवार भएको छ । दिनभर कुल १ सय २३ कम्पनीको ६ लाख २२ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL