काठमाडौं । माइक्रोम्याक्सको ‘क्यानभास फाइभ एफोएटवान’ नेपाली बजारमा भित्रिएको छ । एण्ड्रोइड ५ दशमलव १ ललिपप ओएस भर्सनको सो फोनमा ५ दशमलव २ एफएचडी आइपीएस ओजीएस स्क्रिन छ ।
सो फोनमा १ दशमलव ३ गिगाहर्जको अक्टा कोर प्रोसेसर, १३ मेगापिक्सलको फ्रन्ट क्यामरा छ ।
यस फोनबाट व्यवसायीक क्यामरा जस्तै फोटो खिच्न सकिने बताइएको छ । यस फोनमा रहेको मेगापिक्सलको फ्रन्ट क्यामरा फ्रन्ट फेसिङ क्यामरा भिडियो कल र सेल्फिका लागि निकै उपयुक्त भएको कम्पनीको दावी छ । क्यानभास फाइभमा १६ जिबीको एक्स्पान्डेबल मेमोरी छ ।
३ जीवीको र्याम भएको यो फोनमा २९ सय एमएएजको व्याट्रि छ जसले यो मोबाईलमा रहेको अत्याधुनिक सुविधाहरुको कार्य क्षमता बढाउँछ । यो फोनको बजार मूल्य २१ हजार ५ सय तोकिएको कम्पनीले जानकारी दिएको छ ।