Logo

सुनको मुल्यमा दिनहु उत्तरचढाव, आज पनि २ सयले बढ्यो

सुनको मुल्यमा दिनहु उत्तरचढाव, आज पनि २ सयले बढ्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य दिनहुजसो उत्तरचढाव भएको छ । साताको पहिलो दिन प्रतितोला एकै पटक ८ सय रुपैयाँले बढेको सुनको मुल्य सोमबार र मंगलबार घटेको थियो ।

दुई दिन लगातार ओरालो लागेको सुनको मुल्य बुधबार प्रतितोला २ सय रुपैयाँले बढेर कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

स्थानीय बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोला १० रुपैयाँले घटेको चाँदीको मुल्य आज स्थिर रही ६ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्