Logo

नेपाल चेम्बर आफ कमर्सले संचालनमा ल्यायो टेली मेडिसिन सेन्टर, अनलाईन परामर्श प्राप्त गर्न सकिने

नेपाल चेम्बर आफ कमर्सले संचालनमा ल्यायो टेली मेडिसिन सेन्टर, अनलाईन परामर्श प्राप्त गर्न सकिने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले टेलिमेडिसीन सेन्टर संचालनमा ल्याएको छ । सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं भन्ने अभियान अन्तर्गत चेम्बरले नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड(१९ संचालनमा ल्याएको हो ।

टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा चेम्वरका अध्यक्ष राजेन्द्र मल्ल तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा उक्त केन्द्रको उद्घाटन भएको हो ।

कार्यक्रममा चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभावित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने बताए ।

उनले महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको पनि बताए । उक्त अवसरमा श्रेष्ठले नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी बिभिन्न सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइ रहेको पनि जानकारी दिए ।

यस केन्द्र संचालनका लागि साल्ट टे«डिङ्ग कर्पोरेशन तथा इश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजना रहेको । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले मेरो डक्टर एप डाउनलोड गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL