Logo

नेप्सेमा सामान्य गिरावट, ३१ करोडको कारोवार

नेप्सेमा सामान्य गिरावट, ३१ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक समान्य घटेको छ । बजार खुलेको केही समय उच्च रुपमा घटेको नेप्से परिसुचक अन्तमा सुधार हुँदै जिरो दशमलव ७१ प्रतिशतले मात्र घटेको हो ।

बजारमा बैंकिङ र जलविद्युत समुह ओरालो लागेको छ । जसमध्ये बैंकिङ समुह ५ दशमलव १८ अंकले ओरालो लागेको छ भने जलविद्युत समुह ८ दशमलव ७४ अंकले घटेको छ ।

मंगलबार विकास बैंक, फाइनान्स, इन्स्योरेन्स लगायतका समुह भने उकालो लागेको छ । ति समुह पनि सामान्य मात्र बढेका छन् ।

दिनभर कुल १ सय २९ कम्पनीको सेयर कारोवार भएको छ । ति कम्पनीको ३१ करोड ४१ लाख रुपैयाँ बरावरको ४ लाख ७५ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्