Logo

प्रतितोला ४ सयले घट्यो सुन, चाँदीमा पनि १० रुपैयाँ कम

प्रतितोला ४ सयले घट्यो सुन, चाँदीमा पनि १० रुपैयाँ कम


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः ओरालो लागेको छ । सोमबार प्रतितोला १ रुपैयाँले घटेको सुन मंगलबार ४ सय रुपैयाँले ओरालो लागेको छ ।

मंगलबार सुनको मुल्य घटेर प्रतितोला ४८ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मुल्यमा पनि गिरावट आएको छ । मंगलबार चाँदीको मुल्य १० रुपैयाँले घटेर ६ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्