काठमाडौं । नेपाल युवा उद्यमी मंचको अध्यक्षमा उदिप श्रेष्ठ चयन भएका छन् । मंचको शुक्रबार भएको वार्षिक साधारणसभाले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ व्यवसायीक घरना पंचकन्या ग्रूपका निर्देशक हुन् ।
उक्त साधारणसभाले १० सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्धितिय उपाध्यक्षमा साहारा जोशी, च्याप्टर उपाध्यक्षमा सुमोदमान सैजु र महिला उपाध्यक्षमा निभिता प्रधान चयन भएका छन् ।
यसैगरी कार्यसिमिति सदस्यहरुमा कुशल श्रेष्ठ, पवित्रबहादूर गौतम, रिचा श्रेष्ठ, सुदिप घिमिरे र कृष्ण सापकोटा चयन भएका छन् ।