काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार नेपालमा सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भईरहेको थियो । बुधबार नेपालमा वीदा भएका कारण सुनको मूल्य तोकिएको थिएन ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।