Logo

कोरोना महामारीमा लक्ष्मण बाबु ट्रष्टको सहयोग, गोरखाका ६ अस्पताललाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण

कोरोना महामारीमा लक्ष्मण बाबु ट्रष्टको सहयोग, गोरखाका ६ अस्पताललाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण



काठमाडौैं । लक्ष्मण बाबु मेमोरियल ट्रष्टले समाजिक सेवाभाव राखेर गोरखा जिल्लाका विभिन्न अस्पताल तथा आईुसोलेशन सेन्टरलाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेको छ । लक्ष्मणबाबु मेमोरियल ट्रष्टमार्फत गोरखाका २ हेल्थपोष्ट, दुई अस्पताल र दई ओटा आईसोलेशन सेन्टरलाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेको हो ।

उक्त ट्रष्टले उक्त अस्पतालहरुलाई प्रतिमिनेट ७ लिटर क्षमताका ८ ओटा अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेको हो । ग्रामिण क्षेत्रका कोरोना संक्रमित बिरामीलाइ तत्काल अपराच गर्न सहज होस भन्ने उद्देश्य अनुरुप अस्पतालहरुमा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उक्त ट्रष्टले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL