काठमाडौं । बजारमा आज मिडियम साईज अण्डाको मूल्य केही घटेको छ । पछिल्लो समय बजारमा मिडियम साईजको अण्डाको विक्री चापसँगै उत्पादन पनि घटेकाले यसको मूल्य प्रति क्रेट १५ रुपैयाँले बढेको हो । नेपाल अण्डा उत्पादक संघका अुनसार यस अघि प्रति क्रेट ३ सय ४० रुपैयाँ रहेको अण्डाको मूल्य बढेर प्रति क्रेट ३ सय ५५ रुपैयाँ पुगेको हो ।
यस्तै आज ठुलो अण्डाको मूल्य भने स्थिर रहेको संघले जानकारी दिएको छ । संघका अनुसार ठुलो अण्डाको मूल्य प्रति क्रेट ३ सय ७० रुपैयाँ रहेको छ । यो मूल्य पुरानै मूल्य बराबर हो । खासगरी कुखुराले अण्डा दिन थालेको २ देखि ३ हप्तासम्म मिडियम साईजको अण्डा आउँछ ।
हाल यो अण्डाको मूल्यअनुसार माग पनि बढि हुने भएपछि मूल्य केही बढेको संघका सचिवालय सदस्य शिव श्रेठ बताउँछन् । उनका अनुसार कुखुराले केही समयसम्म मात्रै यस्तो आकारको अण्डा दिने भएकाले यो अण्डाको अभाव अलि बढि नै हुन्छ । जसका कारण यसको मूल्य प्राय तलमाथि हुने गर्दछ । संघले अण्डाको यो मूल्य चितवनलाई आधार मानी तोकिएको हो ।