Logo

सवै कम्पनीलाई तत्काल सेयर डिम्याट गर्न धितोपत्रको निर्देशन, माघ १ बाट डिम्याटको मात्र कारोवार

सवै कम्पनीलाई तत्काल सेयर डिम्याट गर्न धितोपत्रको निर्देशन, माघ १ बाट डिम्याटको मात्र कारोवार


बिजखबर संवाददाता
0
Shares

धितोपत्र बोर्डले सवै सचिकृत कम्पनीलाई तत्काल सेयरको अभौतिकिकरण (डिम्याट) गर्न निर्देशन दिएको छ । बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी माघ १ गतेदेखि डिम्याट गरिएका सेयरको मात्र कारोवार हुने भन्दै उक्त निर्देशन दिएको हो ।

पुस मसान्त सम्म सेयर डिम्याट गरिसक्न नेपाल स्टक एक्सचेञ्ज, सीडिएस एण्ड क्लियरिङलाइ निर्देशन दिइएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताए । त्यसैगरी सम्बद्ध कम्पनीलाई पनि २०७२ पुस मसान्तभित्र सीडीएसमा अनिवार्य रुपमा डिम्याट गराउन निर्देशन दिएको छ । यदि सो समयभित्र डिम्याट नगरे कारोवार स्वत रोकिएको समेत उनले जानकारी दिए । हालसम्म १ सय २० वटा कम्पनीले मात्र आफ्ना सेयरको डिम्याट गराएका छन् ।

यसैगरी बार्डले राजधानी बाहिरका लगानीकर्तालाई समेत सेवा प्रदान गर्न धितोपत्र कारोवारको पूर्ण स्वचालित सेवा शुरु भएपश्चात उपत्यका वाहिर पनि सो सेवा विस्तार गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

वोर्डले महिला, अपांग, केटाकेटीसहितका सानालगानीकर्तालाई समेत समेट्ने गरी दलाल व्यवसायीको ट्रेडिङ फ्लोरमा थप ट्रेडिङ विण्डोको व्यवस्था गर्न नेप्सेलाई निर्देशनदिइएको छ ।

वोर्डले नियमपालना अधिकृतकोे व्यवस्थाको साथै धितोपत्रका लगानीकर्ताहरुको गुनासो सुन्ने इकाइको प्रवन्ध गरी २०७२ पौषभित्र वोर्डलाई जानकारी गराउन र आफूले प्रदानगर्ने सेवा र सेवाप्रदानगरिने अवधिसमेत उललेख गरी डिस्प्ले वोर्डमा राख्ने व्यवस्थागर्न÷गराउन नेप्से, सिडिएस, मचैण्ट वैकर र दलाद व्यवसायीलाई निर्देशन दिएको छ ।

बोर्डले ल्याएको तत्काल र दीर्घकालमा गरिने संरचनात्मक सुधारहरु

sebon

 

प्रतिक्रिया दिनुहोस्