Logo

धितोपत्र बोर्डले मिडिया र सामाजिक संजामार्फत सेयर बजारसम्बन्धी अफबाह फैलाउन लगायो रोक, प्रहरी लगाएर पक्राउ गरिने

धितोपत्र बोर्डले मिडिया र सामाजिक संजामार्फत सेयर बजारसम्बन्धी अफबाह फैलाउन लगायो रोक, प्रहरी लगाएर पक्राउ गरिने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न मिडिया तथा सामाजिक संजालमार्फत सेयर बजारी सम्बन्धी अफबाह फैलाउन रोक लगाएको छ । पछिल्लो समय लगानीकर्ताले मिडिया तथा सामाजिक संजालमार्फत निश्चित कम्पनी नै तोकेरै यसको मूल्य बढ्छ, यसको मूल्य घट्छ, आज यो कम्पनीको सेयर किन्नुस, भोली त्यो बेच्नुस, इण्डेक्स यति पुग्छजस्ता अन्तरवार्ता दिने तथा पोस्टहरु राख्दै लगानीकर्तामा भ्रम पैदा गरेको भन्दै बोर्डले रोक लगाएको हो ।

‘विभिन्न व्यक्ति र समूहले विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको सेयरको मूल्य बढ़ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिकी गर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिइरहेको प्रति बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेछ, ‘ अबका दिनमा कोही कसैले उक्त कार्य गरेको पाईएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गरिने छ ।’

साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने समेत उक्त विज्ञप्तीमा उल्लेख छ । साथै आगामी दिनमा संचार माध्यम, सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको सेयरको मुख्य बढ्ने वा घट्ने विषयमा टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयरहरु किन्न उक्साउने वा नकिन्न प्रेरीत गर्ने वा बजारको स्वतन्त्र रुपले सन्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन समेत बोर्डले निर्देशन दिएको छ ।

पछिल्लो समय संचार माध्यम र सामाजिक संजालमा लगानीकर्ताहरुले नै विभिन्न अफवाह फैल्याएर लगानीकर्तालाई दिग्भ्रमित पार्न थालेपछि त्यसलाई रोक लगाउन उक्त सूचना जारी गर्नु परेको समेत बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । साथै उक्त सूचनालाई वेवास्ता गरी आगामी दिनमा कसैले त्यस्तो कार्य त्यस्ता व्यक्तिलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाईने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL