Logo

सातामा ५० अंकले बढ्यो नप्से, साढे १ अर्बको कारोवार

सातामा ५० अंकले बढ्यो नप्से, साढे १ अर्बको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गत साता उच्च रुपमा ओराले लागेको नेप्से परिसुचक यस साता भने उकालो लागेको छ । साताको पहिलो २१ अंकले ओरालो लागेको नेप्से परिसुचक अन्तमा ५० अंकभन्दा बढीले उकालो लागेको छ । पछिल्लो समय देखिएको आन्दोलनरत मधेशी दल, भारत र नेपाल सरकारबीच भएको सकरात्मक वार्ताले नेप्से उकालो लागेको सम्बद्ध सरोकारवाला बताउँछन् ।

साताको अन्तिम दिन नेप्से परिसुचक १० अंकले बढ्दै १ हजार ७२ दशमलव ९४ अंकमा पुगेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ अंकले बढेर २ सय ३१ दशमलब ७४ अंकमा पुगेको छ ।

यो साता कुल १ सय ४७ कम्पनीको सेयर कारोवार भएको छ । कुल १ अर्ब ४६ करोड रुपैयाँ बराबरको २८ लाख ६३ हजार कित्ता सेयरहरु खरिद बिक्री भएको नेप्सेले जानकारी दिएको छ ।

यस साता वाणिज्य बैंंक समुह सवैभन्दा बढी ५९ दशमलब ०७ अंकले उकालो लागेको छ भने विकास बैंंक समुह पनि ४७ दशमलब ७१ अंकले बढेको छ । यसैगरी, जलविद्युत समुह ५८ दशमलब ४३ अंकले, बीमा समुह २ सय ४८ दशमलब ७६ अंकले र अन्य समुह ३ दशमलब ५२ अंकले उकालो लागेको छ ।

वित्त समुह ३ दशमलब ०२ अंकले, होटल समुह २५ दशमलब ५१ अंकले, कारोबार रकमको आधारमा हिमालयन बैंक १५ करोड १९ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भई अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्