काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमको मूल्य वृद्धि गरेको छ । निगमले स्वचालिम मूल्य प्रणाली अनुरुप पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जानकारी दिएको छ ।
इण्डियन आयल कर्पोरेशनले पछिल्लो समय पठाएको नयाँ मूल्य सूचि अनुरुप पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपालमा पनि मूल्य वृद्धि गर्नु परेको जानकारी दिएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँका दरले बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२१ र डिजेल १०४ रुपैयाँ पर्ने छ ।