काठमाडौं । वोटलर्स नेपाल लिमिटेडले बिहीवारदेखि आफ्नो सम्पूर्ण उत्पादनको मूल्य बढाएको छ । कम्पनीले आजदेखि लागु हुनेगरी कोकाकोला र फ्यान्टाको मूल्य बढाएको हो ।
कम्पनीले बिहीबार एक सुचना जारी गर्दै २ सय ५० मिलि लिटर कोक र फ्यान्टाको मूल्य प्रति वोतल २८ रुपैयाँ पुगेको बताएको छ । मूल्य बढ्नु अघिको मूल्य २५ रुपैयाँ प्रति वोतल थियो । कम्पनीले २ सय ५० मिलिको एक केसको मूल्य (२४ वोतल) ६१० रुपैयाँ पुर्याएको छ ।
हालसम्म बजारमा उपलब्ध कम्पनीले पुरानो मूल्यको कोक र फ्यान्टा २५ रुपैयाँमा नै उपलब्ध हुने जानकारी दिएको छ । बढेको उत्पपादन विहीवारदेखि नै बजारमा पठाइने कम्पनीले जानकारी दिएको छ ।