Logo

भिजन सेक्युरिटिजलाई म्याग्दी र तनहुँमा शाखा संचालन गर्न अनुमति, ३ महिनाभित्र टीएमएस लागु गर्नुपर्ने

भिजन सेक्युरिटिजलाई म्याग्दी र तनहुँमा शाखा संचालन गर्न अनुमति, ३ महिनाभित्र टीएमएस लागु गर्नुपर्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले भिजन सेक्युरिटिज प्रालिलाई म्याग्दीको बेनी र तनहुँको दमौलीमा शाखा खोल्न अनुमति दिएको छ । भिजन सेक्युरिटिजले धितोपत्र बोर्डसमक्ष नयाँ शाखा विस्तार गर्न पाउँ भनी बोर्डसमक्ष अनुमति मागेको थियो । सोहीअनुसार बोर्डले विभिन्न शर्तसहित शाखा खोल्न अनुमति दिएको पत्र कम्पनीलाई पठाएको छ ।

तर कम्पनीले शाखा संचालन गरेको ३ महिनाभित्र एप्ससहितको कारोबार प्रणाली (टीएमएस) लागु गर्नुपर्ने भएको छ । यस्तै बोर्डले कम्पनीलाई धितोपत्र व्यवसायी नियमावली २०६४ को नियम ४० को उपनियम (१)मा उल्लेख गरिएको व्यवस्था अनुसार सबै शाखा कार्यालयबाट कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL