Logo

पहिलो पटक विशिष्टिकृत लगानी कोष संचालन गर्न पाँच संस्थालाई अनुमित, पूँजी बजारमा विदेशी लगानी भित्र्याउन सहज

पहिलो पटक विशिष्टिकृत लगानी कोष संचालन गर्न पाँच संस्थालाई अनुमित, पूँजी बजारमा विदेशी लगानी भित्र्याउन सहज



काठमाडौं । पहिलो पटक विशिष्टिकृत लगानी कोष तथा संचालन गर्नका लागि अनुमति प्रदान गरिएको छ । धितोपत्र बोर्डले पहिलो पटक विभिन्न ५ ओटा संगठित संस्थालाई विशिष्टिकृत लगानी कोषको स्थापना तथा संचालनका लागि अनुमित प्रदान गरेको हो ।

बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लाई कार्यान्यनमा ल्याउँदै धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्न, नयाँ वित्तीय उपकरणको रुपमा अन्तरराष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि अनुमित प्रदान गरेको हो । प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल जस्ता कोषहरुमार्फत् पूँजी परिचालन भई नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई संचालन गर्न सकिने बोर्डको विश्वास रहेको छ ।

साथै सोमार्फत नयाँ व्यवसाय, उद्यमहरुलाई शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरु प्रदान गर्नुका सार्थै पूँजी बजारको दायरा फराकिलो बनाई पूँजी बजारमा नयाँ एंव आधुनिक वित्तीय उपकरणको प्रयोग तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने बोर्डले जानकारी दिएको छ ।

विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा बोर्ड समक्ष ९ ओटा संगठित संस्थाले निवेदन दिएका थिए । जसमध्यैनियमावली बमोजिमको आवश्यक कागजात तथा विवरण पेश गर्ने ग्लोवल इक्विटी फण्ड प्रालि., लक्ष्मी क्यापिटल मार्केट लि., एनआइविएल एस क्यापिटल लि., एनआइसी एशिया क्यापिटल लि. र एनएमबी क्यापिटल लि.लाई कोष व्यवस्थापकको रुपमा आवश्यक पूर्वाधार तयार गर्न अनुमित दिएको हो ।

नेपालमा पहिलो पटक संचालनमा ल्याउन लागिएको विशिष्टिकृत लगानी कोषको स्थापना तथा संचालनले नेपालको पूँजी बजारमा प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल कोषको प्रवेश हुने छ । हाल नेपालको पूँजी बजार सोयर, डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध छन् । साथै विशिष्टिकृत लगानी कोषको प्रवेशसँगै पूँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने बोर्डको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL