Logo

अनलाईन प्रयोगकर्ता बढेसँगै लकडाउनका पनि सेयर बजारमा चाप, नेप्से ५४ अंकले बढ्दा सवा ७ अर्बको कारोबार

अनलाईन प्रयोगकर्ता बढेसँगै लकडाउनका पनि सेयर बजारमा चाप, नेप्से ५४ अंकले बढ्दा सवा ७ अर्बको कारोबार



काठमाडौं । कोरोनाका कारण लकडाउन भएपनि सेयर बजारमा भने लगानीकर्ताको चाप देखिएको छ । पछिल्लो समय अनलाईन कारोबार गर्ने लगानीकर्ताको संख्या बढेसँगै सेयर बजारमा कारोबारको चाप बढेको हो ।

पहिलो पटक लकडाउन हुँदा अनलाईनबाट सेयर कारोबार तथा भुक्तानीमा समस्या भएसँगै बजार लामो समयसम्मका लागि बन्द भएको थियो । तर, अनलाईन प्रयोगकर्ता र सहजरुपमा सेयर कारोबारको भुक्तानीको व्यवस्था भएसँगै दोस्रो लकडाउनका भने बजारमा लगानीकर्ताको चाप देखिएको छ ।

सोही अनुरुप लकडाउन पछिको पहिलो हप्ताको आईतबार ७ अर्ब ३६ करोठ रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी नेप्से परिसुचक समेत ५४ अंकले बढ्न पुगेको छ ।

लकडाउनका कारण अन्य क्षेत्रका व्यापार व्यवसाय ठप्प हुँदा सो क्षेत्रका लगानीकर्ताहरु समेत सेयर बजारमा झुम्दिा बजारमा नेप्से परिसुचकका साथै कारोबार रकम समेत बढ्न पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

आईतबार बजारमा १६२ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको मात्रै मूल्य घटेको छ । नेप्से परिसुचक ५४ अंकले बढ्दा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ६३२ अंकले उकालो लागेको छ भने निर्जीवन बीमा समुहको परिसुचक पनि ४४८ अंकले बढ्न पुगेको छ ।

यसैगरी बजारमा उत्पादनमुलक समुहको पसिुचक १५० अंकले उकालो लाग्दा केही दिनयता ओरालो लागिरहेको होटल तथा पर्यटक समुहको परिसुचक समेत १११ अंकले बढ्न पुगेको छ । बजारमा माईक्रोफाईनान्स समुहको परिसुचक १०४ अंकले बढ्दा व्यापार समुह समेत ७९ अंकले उकालो लागेको छ । तर बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ्क समुहको परिसुचक भने २० अंकले मात्र बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL