Logo

एनआईबिएल समृद्धि फण्ड-२ मा मागभन्दा ५० प्रतिशत बढि आवेदन

एनआईबिएल समृद्धि फण्ड-२ मा मागभन्दा ५० प्रतिशत बढि आवेदन



काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फण्ड–२ मा मागभन्दा ५० प्रतिशत बढी आवेदन परेको छ । उक्त म्युचुअल फण्ड प्रति इकाई १० रुपैयाँ अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो ।

हालको समयमा विभिन्न संस्थाहरुद्वारा सार्वजनिक रुपमा बिक्री खुला गरिएको सामूुहिक लगानी कोषमा सर्वसाधारणहरुले उल्लेखनीय सहभागीता जनाएका छन् । जसको उदाहरणका लागि हाल सम्पन्न एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत निष्काशन बिक्री तथा खुल्लामा परेको आवेदनले पनि पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL