Logo

सुनको मूल्य प्रतितोला ५ सयले ओरालो लाग्यो, चाँदीको मूल्य पनि घट्यो

सुनको मूल्य प्रतितोला ५ सयले ओरालो लाग्यो, चाँदीको मूल्य पनि घट्यो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार बिहीबार उकालो लागेको सुनको मूल्य शुक्रबार भने घटेको हो । महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार घट्दा प्रतितोला ९१ हजार ७ सय रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । शुक्रबार बिहीबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घट्दा यसको मूल्य प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्