Logo

साओमीको रेडमी नोट १० श्रृङखलाका तीन मोडलका फोनमा गम्भीर समस्या, समाधानका लागि पहल भैरहेको कम्पनीको दावी

साओमीको रेडमी नोट १० श्रृङखलाका तीन मोडलका फोनमा गम्भीर समस्या, समाधानका लागि पहल भैरहेको कम्पनीको दावी



काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी साओमीको रेडमी नोट १० श्रृङखलाका तीन मोडलका फोनमा गम्धीर समस्या देखिएको छ । गत महिना भारतमा शुरु गरिएका रेडमी नोट १०, नोट १० प्रो र नोट १० प्रो म्याक्स सिरिजका फोनमा टचस्क्रिनलगायतमा समस्या देखिएको हो ।

प्रविधि सम्वन्धिको चर्चित अनलाइन ९१मोबाईल्स डट कमका अनुसार यी फोनको टच स्क्रिनमा नै गम्भीर समस्या देखिएको छ । पछिल्लो जेनेरेसनकालागि फोनको फिचरमा धेरै अपग्रेड गरेको जनाउने यो कम्पनीको यी सिरिजका फोनको बारेमा धेरै प्रयोगकर्ताले गुनासो गरिसकेको उक्त समाचारमा जनाइएको छ । उनीहरुका अनुसार यी फोनको फिङगर प्रिन्टमा पनि समस्याा देखिएको छ ।

साओमीले ६० एचजेड रिफ्रेस रेट रहेको आफ्ना फोनहरुलाइ एएमओएलईडी प्रविधिमा पहिलो पटक अपग्रेडगरेका यी तीन सिरिजका फोनमा गुनासो आएपनि कम्पनीको यसतर्फ आफ्नो ध्यानाकर्षण भएको दावी गरेको छ । उक्त अनलाइनमा प्रकाशित समाचार अनुसार पुरानो सिरिजका साओमिका फोनमा यस प्रकारका समस्था थिएनन्, जुन समस्या अहिले देखिएको छ ।

समाचारमा जनाइए अनुसार यी मोवाइलहरुमा सफ्टवेयर ह्याङ हुने, सफ्टवेयर अपडेट नहुँदा एप्लिकेशनहरुले सही तरिकाले काम नगर्ने, सेन्सरमा समस्या देखिने, पब्जी लगायतका युवापुस्तामाझ चर्चित गेमहरुले काम नगर्ने जस्ता थुप्रै समस्याहरु देखिएको छ ।

आफ्ना नयाँ फोनमा सिरिजहरुमा उपभोक्ताको गम्भीर गुनासाहरु आउन थालेपछि यसको समाधानका लागि पहल भैरहेको कम्पनीको दावी छ । कम्पनीले केही प्रयोगकर्तामा देखिएको यो समस्या स्वीकार गर्दै समाधानका लागि पहल भैरहेको दावी गरेको हो । कम्पनीले एक विज्ञप्ति मार्फत आफ्ना फोनमा नयाँ सिरिजमा देखिएको समस्या प्रति पश्चाताप गर्दै गुणस्तर सुनिश्चित गर्न उच्चतम पहल गर्ने जनाएको छ ।

यसअघि चाइनिज फोन साओमीका प्रयोगकर्तामा गोपनियता र सुरक्षाको बिषयमा समेत गम्भीर चुनौति देखिएको थियो । उक्त फोन मार्फत अनाधिकृतरुपमा प्रयोगकर्ताहरुको मोवाइलको कल रेकर्डिङ, ट्यापिङ लगायतका काम हुने हुनाले ती फोनको प्रयोगकर्ताको गोपनियता माथि प्रश्न उठेको थियो ।

साओमी फोनका विभिन्न प्रयोगकर्ताहरुको पोर्न भिडियो हेरेको डाटा वाहिर आएपछि यो फोनका कमजोरी सार्वजनिक भएका थिए । उक्त घटनाले साओमीका प्रयोगकर्तामा उल्लेख्य हस आउने बिश्लेषण अध्ययनहरुको छ । साइवर सुरक्षासम्वन्धी अनुषन्धानकर्ता एन्ड्रयु डियरनीले गरेको एक अध्ययनले साओमीले गुगल प्लेमा धेरै तथ्याङक तथा व्राउजरहरु पठाएको देखाएको छ ।

त्यसले लाखौं प्रयोगककर्ताको गोपनियता भंग हुने अवस्था उत्पन्न भएको फोब्स म्यागेजिनमा छापिएको समाचारमा उल्लेख छ । साओमी कम्पनीले भने सो मोवाइलको प्रयोगकर्ताको डाटा सुरक्षित गर्ने क्रममा त्यो वाहिरिएको स्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL