Logo

बुधबार पनि १० अंकले घट्यो नेप्से, सवै समुह रातो

बुधबार पनि १० अंकले घट्यो नेप्से, सवै समुह रातो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक १० दशमलव २७ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि ओरालो लाग्न शुरु गरको नेप्से परिसुचक अन्तमा १ हजार ५६ अंकमा झरेर अडिएको छ । भारतको आधोषित नाकाबन्दीले कारण केही समययता नेप्से परिसुचक ओरालो लाग्न शुरु गरेको छ ।

बजारमा सवै समुहका परिसुचक ओरालो लागेको छ । बजारम प्रभावपार्ने बैंकिङ समुहको परिसुचक १३ दशमलव ४९ अंकले घटेपछि समग्र नेप्से परिसुचक उच्च रुपमा ओरालो लागेको हो । यसैगरी, बीमा समुह १५ अंकले ओरालो लागेको छ भने जलविद्युत १४ र विकास बैंक समुह झण्डै ९ अंकले घटेको छ ।

बजारमा दिनभर १ सय १६ कम्पनीको सेयर कारोवार भएको छ । ति कम्पनीको २२ करोड रुपैयाँ बरावरको ४ लाख ५५ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL