Logo

शुक्रबार पुनः ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार पुनः ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको छ । बिहीबार प्रतितोला ९ सय रुपैयाँले उकालो लागेर ८६ हजार ५ सय पुगेको सुनको मूल्य शुक्रबार पनि ९ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि प्रतितोला ३० रुपैयाँले उकालो लागेको छ । बिहीबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदी शुक्रबार बढ्दै प्रतितोला १ हजार २ सय ४० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्