हामीले हाम्रा बालबच्चालाई सधैजसो भन्ने वाक्य हो ‘लक्ष्यमा पुग्नलाई कडा परिश्रम गर्नुपर्छ ।’
तर जब उ वयस्क हुँदै जान्छ, उसले आफै थाहा पाउँछ कडा परिश्रम गर्दै दिनभर काममा खटिनेहरुले आफूले सोचेजस्तो जिन्दगी जीउन पाएका हुँदैनन् । यो ‘कडा मेहनत गरेपछि सफल भइन्छ’ भन्ने उखान न कहिले लागु भयो, न कहिले लागु हुनेछ ।
मलाई पनि सानो उमेरमा पढाईयो । र सिकाईयो म सँधै अरुलाई नम्र व्यवहार गरुँ, अरुले भनेको मानूँ आदी । तर यो सबै गलत थियो ।
र मलाई कहिल्यै पनि अरुले आफूलाई कसरी नम्र व्यवहार गर्न बनाउने भनी कहिल्यै सिकाईएन । र अरुले आफ्नो भनेको मान्ने कसरी बनाउने भनेर पनि सिकाईएन ।
हो, हामी सबैले एक न एक लक्ष्य बोकेका छौं र त्यो लक्ष्यमा पुग्न पनि चाहान्छौं ।
हामी लक्ष्यमुखी छु त भन्छौं तर यसले मलाई के दिन्छ ? कहिल्यै प्रश्न गर्दैनौं । मेरो सबैभन्दा राम्रो लक्ष्य के हुन सक्छ त्यसको पनि हामी ख्याल राख्दैनौं ।
के थाहा मसँग धेरै ठुलो लक्ष्य छ की ? मसँग मेरो जीवनको लागि र मेरो भविष्यको लागि कुनै नयाँ उद्देश्य छ की ? यसको बारेमा हामी कहिल्यै सोच्दैनौं । यदी हामी आफ्नो लक्ष्यको लागि काम गरिरहेका छैनौैं भने पनि हामी एक न एक तरिकाले त्यसप्रति मोहित भईसकेका हुन्छौं । हामी सोच्न त सोच्छौं, हामी हाम्रो लक्ष्य तिर लम्किरहेका छौं तर त्यो गलत साबित भईदिन्छ ।
तपाईं कुनै काम कडा मेहनतका साथ गर्दै हुनुहुन्छ । सोच्नुहोस, त्यो कडा परिश्रम तपाईंका लागि हो या अरु कसैका लागि । हामीमध्ये कतिपय काममा जान्छौं कडा परिश्रम गर्छाै र हामीले नसोचेको लक्ष्यतिर अघि बढ्छौं । जब हामी कडा परिश्रम पनि गर्छौं र केवल काम मात्रै गर्छौं तब हाम्रो दिमागलाई कुनै व्यापक रुपमा सोच्ने मौका मिल्दैन ।
जब हामी आफ्नो काममा तल्लिन हुन्छौं हामीमा नयाँ सोच आउँदैन, नयाँ विचार आउँदैन तथा कुनै नयाँ काम गर्ने कल्पनासम्म पनि गर्न सक्दैनौ । मात्र हामी हाम्रो काम र हामीले गर्नैपर्ने काम प्रति ध्यान दिईरहेका हुन्छौं ।
तपाईँको गर्नैपर्ने कामहरु सधै तपाईँको पछि लागिरहेका हुन्छन् । तपाईँको साथ छोड्दैनन् । जब तपाई आफुले गर्नुपर्ने कामहरु सकाउँदै जानुहुन्छ तब नयाँ गर्नुपर्ने कामहरु देखापर्छन ।
त्यसैले तपाईका ती गर्नुपर्ने कामहरुले तपाईमा आउनुपर्ने नयाँ सोच तथा भावनाहरुमा रोकावट ल्याउने काम गर्छ । त्यसपछी तपाईँको सफल हुने बाटो मोडिन्छ ।
हो, तपार्इँको लक्ष्यमा पुग्नको लागि कडा मेहनत चाहिन्छ तर त्यो काम कसैको पुच्छर भएर आफ्नो पद बढावाको लागि र अरुको अगाडी आफ्नो काम देखाउने नभएर गरेको कडा परिश्रम तपाईँलाई आवश्यक पर्छ ।
त्यसो भए के गर्ने ?
आफ्नो जिन्दगीभरमा तपाई यो विश्वलाई के दिएर जानुहुन्छ आफै निर्णय लिनुहोस । आफ्नो सफलताको बाटो अङ्गाल्न कडा परिश्रमलाई रोकी आफ्नो तनाव हटाई आफ्नो दिमागलाई सोच्ने मौका दिनुहोस ।
केहि मानिसहरु आफ्नो सफलताको बाटो साईकलमा या बाथटबमा बस्दै सोचेर अङ्गाल्ने गर्छन ।
उनीहरुले त्यहाँ आफ्नो दिमाग खेलाउँदै आफैलाई प्रश्न गर्छन यदी यो सब मसँग भए मैले के गर्थेँ होला ? यो सबै तपाईमा निर्भर छ । कसैको लागि भने यो डरलाग्दो पाटो पनि हो ।
यसले तपाईँलाई ठुला सपना देखाउन मद्दत मिल्छ र तपाईँको चेतनशील दिमागले सपना भनेको सपना हो यसलाई बिर्सिँदा राम्रो हुन्छ, यो व्यवहारीक होईन भन्ने चेतना पनि दिन्छ ।
तपाईँको पेशा पहिलो भविष्यको कल्पना मात्रै हो ।
त्यसपछी तपाइलाई यसले नयाँपन ल्याउँदै आफ्नो लक्ष्यमा पुग्नलाई मद्दत पुर्याउँदछ र तपाईँको क्षमता भएतिर डोर्याउँछ ।
आफ्ना अभिभावक र हाकिमको बाटोलाई सुक्ष्म तथा बुद्धिमान तरिकाले पछ्याउनु तपाईको क्षमताको कार्यभन्दा कैयौँ गुणा राम्रोे हुन्छ ।
त्यसैले कडा मेहनतलाई पन्छाई आफ्नो जिन्दगीलाई सुन्दर भविष्यको कल्पनाका लागि उपहार बनाउनुहोस ।
त्यसपछी तपाईको आफ्नै कथा लेख्नुहोस । म यस्तो गर्नेछु, म उस्तो गर्नेछु आदी । …………………….
(लीज रायन ‘ह्युमन वर्कप्लेस’ की संस्थापक, प्रमुख कार्यकारी अधिकुत हुन । साथै उनि ‘रिईन्भेन्सन रोडम्याप’ की लेखिका पनि हुन । फोेर्ब्र्समा प्रकाशित उनको लेख नेपालीमा रुपान्तर गरिएको हो)