काठमाडौं । विश्वका शीर्ष धनी व्यक्तिहरूको सूचीमा अमेरिकाको प्रभुत्व छ । यदि हामीले शीर्ष १० को सूची हेर्र्यौंं भने तीमध्ये नौ जना अमेरिकाका छन् । तर, के तपाईंलाई थाहा छ संसारको सबैभन्दा धनी मानिसहरू कुन शहरमा बस्छन ? उत्तर हो न्यूयोर्क ।
हेन्ली एण्ड पार्टनर्सको २०२४ को सूचीमा यो अमेरिकी सहरले फेरि एक पटक विश्वको सबैभन्दा धनी सहरको उपाधि जितेको छ । यो शहरमा ३,४९,५०० मिलिनियर, ६७५ सेन्टी मिलिनियर (कम्तीमा १० करोड डलर सम्पत्ति भएका व्यक्तिहरू) र ६० बिलिनियर (अर्बपति)हरू बसोबास गर्छन् । त्यसैले यसलाई संसारको सबैभन्दा धनी शहर भनिन्छ । विश्वका ५० धनी शहरहरूको सूचीमा ११ शहर अमेरिकाका छन् ।
सन् २०२३ मा न्यूयोर्कको अर्थतन्त्र लगभग १ ट्रिलियन डलर थियो । अमेरिकी सेयर बजार वाल स्ट्रिट यसै शहरमा अवस्थित भएकोले यसलाई अमेरिकाको वित्तीय राजधानी पनि भनिन्छ । न्यूयोर्क स्टक एक्सचेन्ज र नास्दाक विश्वका सबैभन्दा ठूला स्टक बजार हुन् । धितोपत्र उद्योगले मात्र १,८१,००० भन्दा बढी मानिसहरूलाई रोजगारी दिन्छ र अर्बौं डलर कर तिर्छ । विश्वका धेरै प्रमुख वित्तीय कम्पनीहरूको मुख्यालय पनि यहाँ अवस्थित छ यसमा जेपी मोर्गान, सिटिग्रुप, मोर्गान स्टेन्ली र गोल्डम्यान सख्सलगायत छन् ।
घरजग्गाको क्षेत्रमा पनि अग्रपंक्तिमा
यो शहर मिडिया, प्रविधि, फेसन, स्वास्थ्य सेवा र घरजग्गाको क्षेत्रमा पनि विश्वको अग्रणी छ । यहाँ प्रविधि उद्योग तीव्र गतिमा बढिरहेको छ । गुगल, अमेजन र फेसबुक जस्ता ठूला टेक कम्पनीहरूले यस शहरमा आफ्नो व्यवसाय विस्तार गरिरहेका छन् । फेसन उद्योगमा लगभग १,८०,००० मानिसहरू काम गर्छन् , द न्यूयोर्क टाइम्स, एनबीसी र कोन्डे नास्ट जस्ता प्रमुख मिडिया हाउसहरू पनि यहाँबाट सञ्चालन हुन्छन् ।
न्यूयोर्कमा घर किन्नु सजिलो छैन । यहाँको घरजग्गा संसारकै सबैभन्दा महँगो छ । शहरको पाँचौं एभिन्यूलाई संसारको सबैभन्दा महँगो किनमेल सडक मानिन्छ । यहाँको घर भाडा पनि अमेरिकामै सबैभन्दा बढी छ । यति धेरै मुद्रास्फीतिको बावजुद, संसारका धनी व्यक्तिहरू यहाँ बस्न मन पराउँछन् । न्यूयोर्कलाई विभिन्न संस्कृतिहरूको संगमस्थल पनि भनिन्छ । यसको जनसंख्या लगभग ८२ लाख छ र यहाँ ८०० भाषा बोल्ने मानिसहरू बसोबास गर्छन् । यही कारणले गर्दा यो शहरले विश्वभरका प्रतिभाशाली मानिसहरूलाई आकर्षित गर्छ र यसलाई अवसरहरूको शहर पनि भनिन्छ । अनुवाद गरिएको