Logo

गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद

गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद



काठमाडौं । गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ । केहिदिनअघि चौहानले सम्बन्ध विच्छेदको मुद्धा हालेकी थिईन् । मंगलबार काठमाडौं जिल्ला अदालतले उनीहरुबीचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो ।

न्यायाधीश मोना सिंहको इजलासमा अंक र मानाचामल नलिने गरी सम्बन्धबिच्छेद भएको हो । अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ दोस्रो साता चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनले काठमाडौ’ जिल्ला अदालतमा वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्