काठमाडौं । आजको तीव्र गतिको जीवनमा कामको तनाव र मानसिक दबाब सामान्य भइसकेको छ । तर, कार्यालयको यो तनावले कहिलेकाहीं डिप्रेसन निम्त्याउन सक्छ । लगातार कामको दबाब, समयमै लक्ष्य पूरा गर्नु र कार्यालयमा प्रतिस्पर्धात्मक वातावरणमा काम गर्नुले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । यस्तो अवस्थामा आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नु निकै जरुरी हुन्छ । यहाँ हामी तपाईलाई त्यस्ता पाँच उपाय बताइरहेका छौं, जसलाई अपनाएर अफिसमा तपाईको मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ ।
१. समय–समयमा विश्राम लिनु
तपाईंको शरीरको लागि मात्र होइन मानसिक स्वास्थ्यको लागि पनि हानिकारक हुन सक्छ। प्रत्येक केही घण्टामा छोटो ब्रेक लिँदा तनाव कम हुन्छ र दिमागलाई आराम मिल्छ । ५–१० मिनेटको ब्रेक लिनुहोस् र हिड्नुहोस् वा गहिरो सास लिनुहोस् । यसले तपाईको दिमागलाई आराम दिनेछ ।
२. कार्यस्थलमा राम्रो सम्बन्ध निर्माण गर्नुहोस
कार्यालयमा पारस्परिक सहयोग र सहकर्मीहरूसँग राम्रो सम्बन्धले मानसिक स्वास्थ्यलाई बढावा दिन मद्दत गर्दछ । आफ्ना सहकर्मीहरूसँग राम्रो सञ्चार र स्वस्थ मैत्री सम्बन्ध कायम राख्नुहोस् । यसले अफिसमा राम्रो वातावरण सिर्जना गर्नेछ र तपाईले कम तनाव महसुस गर्नुहुनेछ ।
३. कामको प्राथमिकता निर्धारण गर्नुहोस
सबै काम एकैसाथ गर्न सम्भव छैन । त्यसकारण, आफ्नो कामलाई प्राथमिकता दिनुहोस् र एक पटकमा एउटै काममा ध्यान दिनुहोस् । यसले कामको बोझ कम गर्नेछ र तपाइँ पनि कम तनाव महसुस गर्नुहुनेछ । समयको प्रबन्ध गरेर, तपाईले आफ्नो कामलाई राम्रो तरिकाले गर्न र अनावश्यक दबाबबाट बच्न सक्षम हुनुहुनेछ ।
४. नियमितरूपमा ध्यान गर्नुहोस
मनलाई शान्ति दिने सबैभन्दा प्रभावकारी माध्यम ध्यान मानिन्छ । अफिसमा ब्रेक लिएर वा खाजाको समयमा ५–१० मिनेट ध्यान गर्नाले मन शान्त हुन्छ र तनाव कम हुन्छ ।
५. आफूलाई सकारात्मक राख्नुहोस
आफैसँग सकारात्मक कुरा गर्नु र आत्म–विश्वास कायम राख्नु मानसिक स्वास्थ्यको लागि महत्वपूर्ण छ । आफ्नो उपलब्धिहरूको कदर गर्नुहोस् र आफ्नो लक्ष्यहरूको बारेमा आशावादी हुनुहोस् । यसले मानसिक शक्ति प्रदान गर्नुका साथै काममा हौसला मिल्नेछ ।–अनुवाद गरिएको