Logo

हरेक हप्ता ४० करोड कमाउँछन् सलमान खान : सवा अर्बको फार्महाउस, साढे ४६ अर्बको नेटवर्थ

हरेक हप्ता ४० करोड कमाउँछन् सलमान खान : सवा अर्बको फार्महाउस, साढे ४६ अर्बको नेटवर्थ



काठमाडौं । बलिउड अभिनेता सलमान खान फेरि लरेन्स बिश्नोई गिरोहको रडारमा आएका छन् । सलमान खानलाई पछिल्लो केही महिनादेखि यस गिरोहबाट ज्यान मार्ने धम्की आइरहेको छ । सलमान खानको पनवेल फार्महाउसमा रेकी गर्ने सुखालाई पक्राउ गरी प्रहरी हिरासतमा पठाइएको छ । सुखा लरेन्स बिश्नोई गिरोहका शूटर हुन् । पनवेलमा रहेको सलमान खानको यो फार्महाउस धेरै हिसाबले खास छ । यसको नाम अर्पिता फार्म हो, जसलाई उनले आफ्नी बहिनी अर्पिताको नाममा राखेका छन् । चारैतिर हरियालीले घेरिएको यो फार्महाउस १५० एकडमा फैलिएको छ ।

यस फार्महाउसको यकिन मुल्य कति छ भन्ने स्पष्ट जानकारी नभएपनि यसको मूल्य करोडौं रहेको बताइएको छ । र यस फार्महाउसको लागत मूल्य करिब ८० करोड भारतीय रुपैयाँ (१ अर्ब २८ करोड) छ । यसमा सबै विलासी सुविधाहरू छन् । यसमा जिमदेखि निजी पोखरी र घोडाहरूको लागि तबेलाहरू समावेश छन् । कोरोनाको समयमा सलमानले आफ्नो अधिकांश समय यही ठाउँमा बिताएका थिए । मुम्बईमा सलमान बस्ने घरको मूल्य करिब १६ करोड भारु रहेको बताइएको छ ।

चलचित्रबाहेक अरु कहाँबाट कमाउँछन् सलमान ?

फिल्मका अलावा सलमानले अन्य धेरै माध्यमबाट पनि कमाइ गर्छन् । सलमान खानले सन् २०११ मा फिल्म निर्माणमा प्रवेश गरेका थिए । सलमान खानले प्रोडक्सन हाउसबाट पनि राम्रो कमाइ गर्छन् ।

कपडाको व्यवसायबाट पनि उनको मनग्य आम्दानी हुन्छ । सलमान खानको बिइङ ह्युमन नामक कपडाको ब्राण्ड पनि छ ।

सलमान खानले जिम र फिटनेसबाट पनि धेरै पैसा कमाउँछन् । सलमान खानको एसके–२७ नामक जिम ब्रान्ड छ । यो जिमको श्रृंखला हो ।

सलमान खानले पनि पर्सनल केयर र ग्रूमिङ सेगमेन्टबाट कमाइ गर्छन् ।

सलमान खानले धेरै कम्पनीमा लगानी गरेका छन् । उनले सन् २०१२ मा यात्रा डट कमको ५ प्रतिशत सेयर किनेका थिए ।

कति छ सलमान खानको सम्पत्ति ?

सलमान खानको नेटवर्थको बारेमा यकिन जानकारी छैन् । केही मिडिया रिपोर्टका अनुसार सलमान खानको कुल सम्पत्ति २९०० करोड भारु (४६ अर्ब ४० करोड ) रहेको छ । विज्ञहरूका अनुसार सलमान खानले प्रत्येक फिल्मका लागि १०० करोड भारुभन्दा बढी पारिश्रमिक लिने गर्छन् । सलमान खानले रियल स्टेटमा पनि धेरै पैसा लगानी गरेका छन् ।

केही मिडिया रिपोर्टका अनुसार सलमान खानले ब्राण्ड र विज्ञापनबाट मात्रै वार्षिक ३०० करोड भारतीय रुपैयाँ कमाउँछन् । उनी धेरै कम्पनीका ब्रान्ड एम्बेसडर पनि हुन् । जसमा हिरो, पेप्सी जस्ता कम्पनीहरु पर्छन् । यसबाहेक उनले ‘बिग बोस’बाट पनि राम्रो कमाइ गर्छन् । मिडिया रिपोर्टका अनुसार सलमान खानले ‘बिग बोस’का लागि हरेक हप्ता २५ करोड भारु (४० करोड नेपाली रुपैयाँ) लिन्छन । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्