Logo

अफिसमा साथी हुनु कति जरुरी छ ?, यस्तो छ अध्ययनको निष्कर्ष

अफिसमा साथी हुनु कति जरुरी छ ?, यस्तो छ अध्ययनको निष्कर्ष



काठमाडौं ।, डेटिङ एप कम्पनी हिन्जमा काम गर्ने कर्मचारीहरु प्रत्येक महिना दुईपटक टोली बैठकको लागि भेला हुन्छन् । तर, भेटको पहिलो ३० मिनेट उनीहरुले कुर मात्रै गरे । सबैले एक अर्कासँग आफ्नो आशा र चिन्ता साझा गरे । के राम्रो भयो, के चिन्ता छ र केको लागि कृतज्ञ हुनुहुन्छ भन्ने कुरा उनीहले कुराकानी गरे ।

हिन्ज सिइओ जस्टिन मेक्लायडले साउथ बाई साउथवेस्ट सम्मेलनलाई बताए कि ‘मानिसहरूलाई जोड्ने काम गर्ने कम्पनीमा पनि कार्यालय भित्र एक अर्कासँग सम्बन्ध बनाउन गाह्रो छ ।’ गत वर्ष अमेरिकाका सर्जन जनरल विवेक मूर्तिले यसलाई ‘एक्लोनेस एपिडेमिक’ भनेका थिए । एक रिपोर्टका अनुसार २०२० मा करिब ६० प्रतिशत अमेरिकी वयस्कहरूले आफू एक्लोपनको समस्यासँग संघर्ष गरिरहेको बताएका थिए । कोभिड–१९ को महामारीका बेला यो संख्या झनै बढेको हो ।

एक्लोपन महामारी बन्छ

एक्लोपन अमेरिकामा मात्र सीमित छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक प्रतिवेदनले विश्वभर विशेष गरी वृद्धवृद्धाहरूमा एक्लोपन र सामाजिक एक्लोपन बढ्दै गएको देखाएको छ । सन २०२१ मा, बेलायतमा भएको सर्वेक्षण अनुसार, १६–२४ वर्षका लगभग ४० प्रतिशत युवाहरूले अत्यन्तै एक्लो महसुस गर्छन । एक्लोपनले मानसिक स्वास्थ्यमा मात्र नभई शारीरिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्छ । यसले हृदयघात, स्ट्रोक र अकाल मृत्युको जोखिम बढाउँछ । अध्ययनले देखाउँछ कि एक्लोपन दिनमा १५ वटा चुरोट पिउनु जत्तिकै हानिकारक हुन सक्छ । ग्यालप सर्वेक्षणमा अफिसमा काम गर्ने ३० प्रतिशतभन्दा बढी व्यक्तिले काममा एक्लो महसुस गरेको बताएका छन् । रिमोट वर्क र हाइब्रिड वर्क मोडेलले यो समस्यालाई अझ बढाएको छ ।

समाधान चाहिन्छ

यही कारणले गर्दा संसारभरका कम्पनीहरूले यस समस्याको समाधान खोज्ने प्रयास गरिरहेका छन् । नेतृत्व विशेषज्ञ माइकल बुङ्गे स्ट्यानियर भन्छन्, ‘मानिसहरू आफुलाई अरुले देखुन न र सुनोस भन्ने चाहन्छन्,’ तर भिडियो कलहरूमा हुने मिटिङले प्राकृतिक, अनौपचारिक कुराकानी हुँदैन र केवल कामको बारेमा कुरा हुन्छ । यसले मानिस स्क्रिनको विन्डोको एउटा चेहारमा मात्र सीमित हुन्छ ।’

अफिसका सहकर्मीहरूसँग मित्रता कायम गर्न हुन्छ कि हुँदैन भन्ने प्रश्न मनोविज्ञानका लागि महत्वपूर्ण भएको छ । संसारमा एक्लोपन बढ्दै गएपछि यो प्रश्नको उत्तर खोज्न आवश्यक भएको छ ।

येल युनिभर्सिटीका प्रोफेसर लौरी सान्तोसका अनुसार कार्यालयमा मित्रता र सम्बन्ध कर्मचारीको खुसी र कम्पनीको सफलताका लागि महत्वपूर्ण हुन्छ । उनी भन्छिन्, “सायद हामी सबै काममा धेरै एक्लो महसुस गर्छौं किनभने हामी सबैभन्दा महत्वपूर्ण कुरा अन्य मानिसहरूसँग हाम्रो सम्बन्ध विस्तारमा लगानी गर्दैनौं । हामीलाई लाग्छ कि अफिसमा साथीहरू हुनु राम्रो हो, तर हामी यो जरुरी ठान्दैनौं ।’

प्रयास भइरहेका छन्

केही ठूला कम्पनीले आफ्ना कर्मचारीको स्वास्थ्यमा ध्यान दिइरहेका छन् । उदाहरणका लागि, केही कम्पनीहरूले आफ्ना भवनहरूमा सिँढीहरू थपिरहेका छन् ताकि मानिसहरू बढी यताउता गर्न सकुन र अनौपचारिक कुराकानीले राम्रो सम्बन्धको विकास गर्न सकुन । केही कम्पनीहरूले अनलाइन कार्यक्रमहरू आयोजना गरिरहेका छन्, जस्तै अमेरिकन एक्सप्रेसले महामारीको समयमा अनलाइन खाना पकाउने कक्षाहरू चलाएको थियो ।

कर्मचारी पनि आफैंले जवाफ खोजिरहेका छन् । हेल्दी रिलेसनसिप एकेडेमीका संस्थापक ड्यानियल बोस्काल्जोन भन्छन्, ‘मानिसहरू सम्बन्धको चाहना राख्छन्, तर धेरैलाई कुराकानीको कला थाहा हुँदैन । एउटा महत्वपूर्ण रणनीति भनेको आफूलाई स्वस्थ राख्न र सबैको अगाडि उस्तै रहन काम गर्नु हो ।’ बुङ्गे स्ट्यानियर भन्छन् कि यो कुनै पनि परियोजनामा संलग्न हुनुअघि सहकर्मीहरुसंग कुराकानी गर्न महत्वपूर्ण छ । ‘हामी सबैको आफ्नै साना बानी र प्राथमिकताहरू छन्, र हामी मान्दछौं कि हाम्रो लागि के सामान्य छ अरू सबैको लागि सामान्य हो,’ उनी बताउँछन् ।

विशेषज्ञहरुको अनुसार, सबैभन्दा महत्वपूर्ण कुरा कामको शुरुवातामा दैनिक अभिवादन पनि हओ । ‘साधारण ‘हेलो’ एक्लोपनको अन्त्यको सुरुवात हुन सक्छ’ बुन्गे स्टेनियर भन्छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL