Logo

शार्क ट्यांक फेम ‘नमिता थापर’ : जसले आइपीओ बेचेर एकैपटक दुई अर्ब कमाइन

शार्क ट्यांक फेम ‘नमिता थापर’ : जसले आइपीओ बेचेर एकैपटक दुई अर्ब कमाइन



काठमाडांै । लगानीकर्ताहरूले भारतको पुणेमा अवस्थित औषधि कम्पनी एमक्योर फार्मास्युटिकल्सको आईपीओ उत्साहपूर्वक स्वीकार गरे । शार्क टयांककी ख्यातिप्राप्त निर्णायक नमिता थापरको लगानी रहेको यस कम्पनीको निष्कासनमा ६७ दशमलव ८७ गुणा आवेदन पर्यो । जसका कारण कम्पनीकी कार्यकारी निर्देशक नमिता थापर एकैपटकमा अर्बपति बनेकी छन् ।

उनले यस आईपीओमार्फत करिब १ सय २७ करोड भारतीय रुपैयाँ (करीब २ अर्ब नेपाली रुपैयाँ) कमाउने छिन् । थापरले प्रतिशेयर औसत ३.४४ रुपैयाँमा एमक्योरको शेयर किनेकी थिइन । उनले यस आईपीओमा ओएफएसअन्तर्गत करिब १२.६८ लाख कित्ता शेयर बिक्री गर्नेछिन् । १००८ भारतीय रुपैयाँको माथिल्लो मूल्यविन्दुलाई हेर्दा यो शेयर बिक्रीले उनलाई लगभग १ अर्ब २७ करोड भारु प्राप्त हुनेछ । थापरको मार्च २०२४ सम्ममा कम्पनीमा करिब ६३ लाख कित्ता शेयर वा ३.५ प्रतिशत सेयर छ ।

को हुन नमिता थापर ?

नमिता थापर, पुणेस्थित कम्पनी एमक्योर फार्माकी कार्यकारी निर्देशक हुन् । फार्मा उद्योगमा प्रख्यात नाम मात्र होइन उनी शार्क टयांक इन्डियाकी सबैभन्दा धनी निर्णायकहरु मध्ये एक हुन् । नमिता यस शोको तीन सिजनको हिस्सा भइन् । मिडिया रिपोर्टका अनुसार उनको कुल सम्पत्ति करिब ६ सय करोड भारु (करीब १० अर्ब नेपाली रुपैयाँ) छ ।

उनीसँग विलासी घर र लक्जरी कारहरू रहेका छन् । एमक्योर फार्मा नमिता थापरका बुबा सतीश मेहताले स्थापना गरेका हुन् । नमिताले आफ्नो स्कूली शिक्षा पुणेमा गरिन र त्यसपछि आइसिएआइबाट चार्टर्ड एकाउन्टेन्ट डिग्री हासिल गरिन । त्यसपछि नमिताले अमेरिकाबाट एमबीए डिग्री हासिल गरिन् । त्यहाँ उनले मेडिकल उपकरण कम्पनी गाइडन्ट कर्पोरेशनमा व्यवसाय वित्त प्रमुखको रूपमा काम गरिन ।

शार्क ट्यांकमा जज बनिन

अमेरिकामा छ वर्ष काम गरिसकेपछि उनी २००७ मा भारत फर्किन् र एमक्योर फार्मामा सीएफओको रूपमा सामेल भइन् । पछि उनी कम्पनीको कार्यकारी निर्देशक बनिन । एमक्योरबाहेक नमिता थापरले इन्क्रेडिबल भेन्चर्स लिमिटेड नामको शैक्षिक कम्पनीको नेतृत्व पनि गर्छिन् । शार्क टयांकको पहिलो सिजनमा उनले प्रति एपिसोड ८ लाख भारु पाएकी थिइन । उनले शोमा २५ कम्पनीमा करिब १० करोड भारु लगानी गरेकी छन् । यसमा बमर, अल्टोर, इनकयान, वकाओ फुड्स छन् । नमिता थापरको विवाह एमक्योरमा कार्यरत विकास थापरसँग भएको हो ।

नमिता थापर आफ्नो विलासी जीवनका लागि परिचित छिन् । मिडिया रिपोर्टका अनुसार उनको पुणेमा रहेको बंगलाको मूल्य करिब ५० करोड भारु रहेको छ । उनीसँग धेरै लक्जरी गाडीहरूको संग्रह पनि छ । जसमा बिएमडब्लु एक्स७, मर्सिडिज बेञ्च जिएलइ र २ करोड भारुको आउडी क्यू७ समावेश छन् । एकपटक शार्क ट्यांक इण्डियाका सहनिर्णायक अमित जैनले नमिता थापरले २० लाखको जुत्ता लगाएको बताएका थिए । यसले नमिता थापर कस्तो जीवन जिउने गर्छिन भन्ने देखाउँछ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्