Logo

कोरोना संक्रमणको त्रास अझै घटेन : अमेरिका, क्यानडा र मेक्सिकोले थप एक महिना लम्ब्याए प्रतिबन्ध

कोरोना संक्रमणको त्रास अझै घटेन : अमेरिका, क्यानडा र मेक्सिकोले थप एक महिना लम्ब्याए प्रतिबन्ध



काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि भन्दै क्यानडा, मेक्सिको र अमेरिकाले प्रतिबन्ध लम्ब्याएका छन् । यि तिन देशले २१ मार्चसम्म प्रतिबन्ध लम्ब्याएका हुन् । यस अघि २१ फेब्रुअरीसम्मका लागि गरिएको लकडाउनलाई अर्को एक महिनासम्मका लागि लम्ब्याइएको हो ।

जनताले अत्यावश्यकबाहेकका काममा यात्रा गर्न पाउने छैनन् भने यात्राका लागि सम्बन्धित अधिकारीलाई जानकारी दिनुपर्ने हुन्छ । अमेरिकामा अहिलेसम्म ५ करोड ७० लाखभन्दा धेरै मानिसलाई खोप लगाइसकिएको छ ।

त्यसैगरी चीनमा ४ करोड मानिसहरूले खोप लगाइसकेका छन् । युरोपेली युनियन अन्तर्गतका देशहरूमा अहिलेसम्म २ करोड ४५ लाखले कोरोना खोप लगाईसकेका छन् ।

विश्वमा अहिलेसम्म ११ करोड १२ लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भएका छन् । यसमध्ये ८ करोड ६१ लाख मानिस निको भएका छन् भने २४ लाख ६२ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL