Logo

विश्वकै धनाढ्य बिल गेट्स भन्छन-जलवायु परिवर्तनबाट श्रृजित समस्या कोरोना भन्दा कयौँ गुणा भयानक

विश्वकै धनाढ्य बिल गेट्स भन्छन-जलवायु परिवर्तनबाट श्रृजित समस्या कोरोना भन्दा कयौँ गुणा भयानक



काठमाडौं । अमेरिकी धनाढ्य बिल गेट्सले जलवायु परिवर्तनले श्रृजित समस्या अहिले विश्वले सामना गरिरहेको कोरोना भाइरसको महामारी भन्दा कयौँ गुणा भयानक रहेको टिप्पणी गरेका छन् । कोरोना भाइरसको महामारी समाधान हुने विश्वस गर्दै गेट्सले जलवायु परिवर्तनका कारण श्रृजित संकट निकै भयानक हुदै गएको टिप्पणी गरेका हुन् ।

कोरोना भाइरसविरुद्धको खोपको खोजीमा व्यक्तिगत थुप्रै लगानी गरेका गेट्सले अब विश्वको ध्यान जलवायु समस्या समाधानमा केन्द्रित हुनु पर्ने बताए । जलवायु संकट समाधान मानव जातिले इतिहासमै गरेको सबैभन्दा उत्कृष्ट कार्य हुने गेट्सले उल्लेख गरेका छन् ।

विश्वव्यापी रुपमा बढिरहेको तापक्रम नियन्त्रणका उपायहरु समेटेर गेट्सले नयाँ पुस्तक ‘हाउ टू अभोइड अ क्लाइमेट डिजास्टर’ सार्वजनिक गरेका छन् । जलवायु समस्या समाधानका लागि आउँदो ३० वर्षमा विश्व समुदायले एकीकृत भएर धेरै काम गर्नु पर्ने र कार्बनडाइअक्साइडको उत्सर्जन शून्यमा झार्नु पर्नेमा गेट्सले जोड दिएका छन् ।

हरेक वर्ष वायुमण्डलमा ५१ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भइरहेको अवस्थामा त्यसलाई शून्यमा झानु पर्ने गेट्सको भनाइ छ । विश्वले स्वच्छ उर्जामा जोड दिनु पर्ने र जीवनशैलीलाई सो अनुकुल बनाउनु पर्ने गेट्सले बताए ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL