Logo

चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने, कोभ्याक्समा एक करोड डोज सहयोग दिने

चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने, कोभ्याक्समा एक करोड डोज सहयोग दिने



काठमाडौं । चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ ।

इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार सो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ ।

चीनले हालै मात्र सो कुराको घोषणा गरेको थियो । यससम्बन्धी थप कार्य इजिप्टको सरकारले अघि बढाउने निर्णयका आधारमा हुने पनि सो दूतावासले जनाएको छ ।

चीनले विश्वका १० ओटा विकसित देशहरुलाई यो कोभिडको खोप उपलब्ध गराएको छ ।

त्यसैगरी विश्वका करिब ३८ ओटा देशलाई कोभिड १९ को खोप खरिदका साथै अरु प्रकारहको सहायता पनि उपलब्ध गराएको बताइएको छ । 

चीनले कोभिड १९ भ्याक्सिन ग्लोबल एक्सेस (कोभ्याक्स) कार्यक्रममा पनि सहभागिता जनाएको छ ।

यस सहायता कार्यक्रममार्फत् पनि चीनले करिब एक करोड डोज खोप सहायता दिने बताएको पनि समाचारमा जनाइएको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL