Logo

चीनमा आइसक्रिममा कोरोनाभाइरस भेटिएपछि हंगामा : कम्पनी सिल, २९ हजार डिब्बा आइसक्रिमको जाँच हुँदैं

चीनमा आइसक्रिममा कोरोनाभाइरस भेटिएपछि हंगामा : कम्पनी सिल, २९ हजार डिब्बा आइसक्रिमको जाँच हुँदैं



काठमाडौं । पूर्वी चीनमा उत्पादन गरिएको आइसक्रिममा कोरोनाभाइरस (कोभिड–१९) फेला परेको छ । बेइजिङ नजिकैको टियानजिनमा डाकीओदाओ फूड कम्पनीलाई सिल गरिएको र कर्मचारीहरूको कोरोनाभाइरस परीक्षण गरिएको सरकारी निकायले पुष्टि गरेको छ ।

तर, अहिलेसमम सो आइसक्रिमबाट कोही पनि भाइरस संक्रमित भएको कुनै प्रमाण फेला नपरेको सरकारी जाँच निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो सम्बन्धमा जारी विज्ञपितमा कोरोना भाइरस फेला परेको आइसक्रिमको ब्याचमा २९ हजार बढी डिब्बा आइसक्रिम अझै बेच्न बाँकी रहेको थियो ।

सरकारले टियानजिनमा ३९० बाकस बिक्रि भएकोमा सबैलाई ट्र्याक गरिरहेको छ र अन्यत्रका अधिकारीहरूलाई उनीहरूको इलाकामा सो सम्बन्धमा सूचना दिइएको उल्लेख गरेको छ । सो आइसक्रिम न्युजील्याण्डबनाट आयत गरिएको दुधको पाउडर र युक्रेनबाट आयातित पाउडरबाट बनेको सरकारी निकायले पुष्टि गरेको छ ।

पहलिोपटक चिनियाँ सरकारले सन् २०१९ को अन्त्यतिर मध्य वुहान शहरमा कोरोना भाइरस पत्ता लागेको सूचना विश्वलाइ दिएको थियो । चीनले यो भाइरस माछालगायत अन्य आयातित खाधान्नबाट आफ्नो देशमा आएको आफ्नो अनुसन्धानबाट पुष्टि भएको दाबी गर्दै आएको छ । चिनियाँ विदेश मन्त्रालय र अन्य निकायले यस्तो दाबी गरेपनि विदेशी वैज्ञानिकहरूले भने यसमा फरक मत राख्दै आएका छन् । –एपीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL